Logo
१२ मंसिर २०८१, बुधबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ कोरोना संक्रमण बढ्दै गएपछि जापानमा पुनः लकडाउनको घोषणा

जापमानमा नयाँ कोरोना भाइरसको संक्रमण बढ्न थापलेपछि पूनः लकडाउन घोषणा गरिएको छ ।

जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गरेका हुन् ।

नयाँ वर्षलगत्तै लकडाउन गर्ने बताइएपनि एक साता पछि मात्र घोषणा गरिएको हो ।कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुराँहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी अपनाएर सोही अनुसार सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।

महामारी नियन्त्रणमा नआएसम्म खेलकुदका गतिविधि र सार्वजनिक समारोहहरु आयोजना नगर्न पनि प्रधानमन्त्री सुगाले आग्रह गरेका छन् ।

टोकियोमा मात्र हाल दैनिक करिब तीन सयको हाराहारीमा कोराना संक्रमित फेला पर्न थालेको त्यहाँको सरकारले जनाएको छ ।

कोरोनाविरुद्धको खोप स्वीकृतिका लागि अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री सुगाले चाँडै नै सरकारले भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

सरकारले जारी गरेका लकडाउनका नियमहरु पालना नगर्नेहरुलाई कानुनी सजाय र जरिवानासमेत हुने अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्