कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा पुनः देशव्यापी लकडाउन घोषणा
कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा देशभर पुनः लकडाउन घोषणा गरिएको छ ।
फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने गरी लकडाउन घोषणा गरिएको छ ।कोरोना भाइरस संक्रमण बढ्दै प्रधानमन्त्री बोरिस जोन्सनले देशभर पुनः लकडाउन घोषणा गरेका हुन् ।
प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ । त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्यो ।’ उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन पनि अपिल गरेका छन् ।
पछिल्लो समय बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको थियो। सोमबारमात्रै त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए।
बेलायतमा अहिलेसम्म कोरोनाबाट २७ लाख मानिस संक्रमित भएका छन् भने ७५ हजारको मृत्यु भएको छ।
बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ । बीबीसी