Logo
१२ मंसिर २०८१, बुधबार
(January 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइएसद्वारा पाकिस्तानमा ११ मजदुरको शिर काटेर हत्या

google photo

पाकिस्तानमा आइएसद्वारा ११ मजदुरको शिर काटेर हत्या भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा कोइला खानीमा काम गर्ने ११ सिया समुदायका मजदुरको अपहरणपछि हत्या भएको हो।

अधिकारीहरुका अनुसार आइएसले सबै मजदुरको शिर काटेर हत्या गरेका थिए।हालै भएको यस हत्याको जिम्मा आइएस समूहले लिएको रोयटर्सले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ११ निर्दोष मजदुरको हत्या भएको विषयमा दुख व्यक्त गर्दै यस कार्य कायरतापूर्ण र अमानवीय भएको बताएका छन्।

खानले हत्यामा संलग्न भएकाहरुलाई पहिचान गरेर कारवाही गर्ने वाचा गरेका छन्।हाल आइएसका ती हत्याराहरु पक्राउ गर्न प्रहरीको पुरा शक्ति लगाइएको जनाइएको छ।

प्रकाशित मिति: Jan 4, 2021

प्रतिक्रिया दिनुहोस्