अमेरिकामा पनि १ जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
अमेरिकामा पनि नयाँ कोरोना भाइरसको विरामी भेटीएको छ । अमेरिकाको कोलोराडो राज्यका एक २० वर्षीय युवकमा कोरोनाको नयाँ रुप फेला परेको हो।
कोरोना भाइरसको नयाँ रुप सबैभन्दा पहिलो बेलायतमा देखिएको थियो।कोलोराडोका ती युवकको कुनै यात्रा रेकर्ड छैन। हाल उनलाई स्थानीय अल्बर्ट काउन्टी प्रशासनले आइसोलेसनमा राखेको छ। विज्ञका अनुसार कोरोना भाइरसको नयाँ रुप बढी संक्रामक छ।
तर बैज्ञानिकका अनुसार पहिलाकै भाइरसको नयाँ स्वरुप भएकोले आक्तिनु पर्ने अवस्था नरहेको बताएका छन्। बैज्ञानिकका अनुसार नयाँ कोरोना भाइसको लागि पनि पहिलाको कोभिट-१९ को खोप नै उपचारमा प्रभावकारी देखिने बताएका छन् किन भने यो नयाँ कोरोना भाइसको पनि लक्षण पुरानै कोभिड-१९ सगँ मिल्ने देखिएको छ र उपचार पनि समान हुने बैज्ञानिक तथा अनुसन्धानको दावी रहेको छ ।
यो बेलायत, अमेरिकाबाहेक युरोपका विभिन्न देशमा पुगिसकेको छ। दक्षिण एशियाका भारत र पाकिस्तानमा पनि यो भाइरस देखा परिसकेको छ।
अमेरिकामा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुको संख्या पनि डरलाग्दो रहेको छ। सोमबार अमेरिकाका अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको संख्या १ लाख २१ हजार २ सय ३५ पुगेको थियो।
यसैबीच अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले डिसेम्बरको तुलनामा जनवरी अझ खराब हुनसक्ने चेतावनी दिएका छन्।
विदामा यात्रा गर्नेहरुको संख्या अत्यन्तै बढेकाले जनवरीमा संक्रमण बढ्ने अनुमान गरिएको छ।अमेरिकामा गतसातादेखि सोमबारसम्म औसतमा हरेक दिन १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन्।