रूसी स्पुतनिक-भि खोप प्रयोग गर्ने अर्जेन्टिना बन्यो पहिलो अमेरिकी मुलुक
रूसले विकसित गरेको स्पुतनिक-भी खोप महामारीको बिरूद्ध प्रयोग गर्ने अर्जेन्टिना पहिलो अमेरिकी मुलुक बनेको छ ।
कोभिड-१९ विरुद्धको निमुलिकरण अभियानमा रुसले विकसित गरेको स्तुतनिक-भी खोप मङ्गलबार आरम्भ गरेको सरकारी अधिकारीले जनाएका छन् ।
यो खोप अभियान देशभरि एकैसाथ सुरु भएको र सुरुमा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारी खोपको प्राथमिकतामा परेको अर्जेन्टिनाका स्वास्थ्य मन्त्री जीन्स गोन्जालेज गार्सियाले बताए।
कोभिड-१९ विरुद्धको रूसी उत्पादनको पहिलो तीन लाख मात्रा अर्जेन्टिनामा क्रिसमस पूर्व नै आइपुगेको थियो ।
उक्त खोपलाई दुई पटक लिएपछि कोभिड-१९ सङ्क्रमणको जोखिम नरहने अनुसनधानले देखाएको खोप निर्माता कम्पनीका अनुसन्धान विज्ञहरूले बताएका छन् ।
राजधानी ब्यूनस आयर्सको पोसाडास अस्पतालमा बोल्दै उनले भने, ‘हामीले आफ्नो ख्याल राख्नु पर्ने छ। खोपको व्यापक प्रभाव हुन केही महिना लाग्नेछ ।’
अहिलेसम्म मेक्सिको, कोस्टारिका र चिलीपछि अर्जेन्टिना खोप अभियान सञ्चालन गर्ने चौथो ल्याटिन अमेरिकी देश हो ।खोपको सुरुवात फ्लाभिया लोयाकोनो नामका एक महिला चिकित्सकबाट गरिएको उनले बताए ।
अर्जेनन्टिनामा आगामी फेब्रअरीसम्ममा करिब दुई करोड खोप पुग्ने र जोखिमको प्राथमिकताका आधारमा नागरिकहरूलाई खोप दिइने मन्त्री पोसाडासले बताए ।
अर्जेन्टिनाले रूसी खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि उसले अक्सफर्ड विश्वविदालय र अस्ट्राजेनिकाले विकास गरेको खोप लिनका लागि फाइजर-बायोएनटेकसँग पनि सम्झौता गरेको छ र यसलाई देशमा ल्याउनका लागि निर्माता कम्पनीहरूसँग छलफल गरिरहेको बताइएको छ ।
अर्जेन्टिनामा करिब १६ लाख व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ भने झण्डै ४३ हजार सङ्क्रमितको मृत्यु भएको छ ।