Logo
६ आश्विन २०८१, आईतबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधी सभा भंग भएसँगै कानून निर्माण पूर्ण रुपमा प्रभावित

सरकारले गत साता संसद् भंग गर्दै आगामी बैशाखमा चुनाव गर्ने घोषणा गरेसँगै दर्जनौँ कानून निर्माण प्रभावित भएको छ ।

संसद सचिवालयका अनुसार अहिले आर्थिक तथा सामाजिक विषयवस्तुसँग सम्बन्धित ५० विधेयक संसदका दुबै सदनमा विचाराधीन अवस्थामा रहेका छन् ।

यसमध्ये तीन दर्जन भन्दा बढि विधेयक प्रतिनिधिसभामा रहेपनि संसद् भंग हुँदा प्रक्रियामा नै अबरोध आएको छ ।

प्रतिनिधिसभामा मुख्यतयः राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको दु्रत निर्माण तथा विकासको सम्बन्धि विधेयक, निकासी पैठारी नियमन विधेयक, सार्वजनिक खरीद विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण विधेयक, खानेपानी तथा सरसफाई विधेयक, भन्सार विधेयक, कर्जा सुरक्षणलगायतका विधेयक दर्ता भएर पनि संसद् भंग हुदाँ कानून निर्माण नै प्रभावित भएको हो ।

काठमाडौं उपत्यका सार्वजनिक यातायात विधेयक भने राष्ट्रिय सभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधिसभामा टेबुल भएको थियो ।

बीमा विधेयक, सूचना प्रविधि विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक भने प्रतिनिधिसभाका विभिन्न समितिमा छलफलको चरणमा थिए ।

संसद् भंग हुँदा यी विधेयक अघि बढाउन नसकिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।

अब चुनावबाट नयाँ जनादेशप्राप्त सरकार आएपछि यी विधेयकहरु पुनः सुरुवाती प्रक्रियाबाट अघि बढाउनुपर्ने उनको भनाइ छ ।

रेल्वे विधेयक, अध्यागमन विधेयक, नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयक, तथ्यांक विधेयक, भ्रष्टाचार निवारण विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान (तेस्रो संधोधन) विधेयक, सामाजिक सुरक्षा (प्रथम संशोधन) विधेयक राष्ट्रिय सभामा छन् ।

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्