चीनमा कोरोनाबारे रिपोर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय
चीनमा कोरोना भाइरस संक्रमणबारे रिपोटिङ गर्ने एक पत्रकारलाई ४ बर्षको जेल सजाय सुनाएको छ ।
३७ वर्षीया पत्रकार झाङ्ग झानलाई चार वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।रिपोर्टिङका क्रममा झगडा गरेको र समस्यालाई उकासेको आरोपमा दोषी ठहर गर्दै पत्रकार झाङ्गलाई जेल सजाय सुनाइएको खबरमा उल्लेख छ ।
उनीमाथि परेको रिट निवेदनको सुनुवाइका क्रममा उनका समर्थकले अदालतबाहिर प्रदर्शन गरेका थिए ।
यसअघि झाङ्गलाई गएको मे महिनामा हिरासतमा लिइएको थियो । आफूलाई हिरासतमा लिएको विरुद्ध उनले भोक हड्ताल सुरु गरेकी थिइन् ।
झाङ्गको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको वकिलहरुले बताएका छन् ।कोरोना भाइरसलाई लिएर सरकारको नीतिमाथि प्रश्न गर्नेलाई कारबाही हुने गरेको खबरमा उल्लेख छ ।
चीन सरकारमाथि स्वतन्त्र रुपमा कुनै पनि समाचार र रिपोर्टिङ गर्न नदिइने आरोप लाग्दै आएको छ ।