Logo
१३ मंसिर २०८१, बिहीबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानले लगायो विदेशीलाई प्रवेशमा प्रतिबन्ध

बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस जापानमा पनि देखिन थालेपछी यसको नियन्त्रणका लागि सरकारले जापानमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ ।

नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने जनाएको छ ।

जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापान सरकारले निर्णय गरेको छ ।थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवान लगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध लगाइने छैन ।

यद्यपी नेपालीहरुका लागि भने जापान प्रवेशमा रोक लगाइएको छ । एजेन्सी

 

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्