Logo
६ आश्विन २०८१, आईतबार
(December 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा मोटरसाइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार मोटरसाइकल र्‍याली निकालेको छ। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेको हो ।

राप्रपाको यो र्‍याली बबहरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्गसम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

प्रकाशित मिति: Dec 26, 2020

प्रतिक्रिया दिनुहोस्