वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा दाहाल-नेपाल समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।
आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।