Logo
६ आश्विन २०८१, आईतबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैैधानिक कदमको सर्वाेच्च अदालतले निकास दिनुपर्ने बताएका छन् ।

उनले अब संसद पुनःस्थापनाको विकल्प नभएको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेकपा भित्रको गुटको विवाद समाधान गर्न नसकेर ओलीले संसद नै भंग गरेर ‘कु’ गरेको बताए ।

‘यस्तो काम पनि गर्ने हो? आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाई अधिकार छैन, अदालतको निर्णयले अब संसद पुनःस्थापना गर्नुपर्छ,’ उनले भने ।

देश कोरोनाका कारण तहसनहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बाैं रकम सक्ने, दलालहरूलाई अवसर दिने, अवसरवादीलाई अगाडि ल्याउने काम हुँदा झन् राजनीति खतम हुने उनले बताए ।

संसद विघटनविरुद्ध सर्वाेच्चले आदेश दिनुपर्ने बताउँदै उनले मुलुकलाई दुर्घटनाबाट जोगाउनुको विकल्प नभएको बताए । ‘अब सबै प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्छ, गलत कामको विरोधमा पत्रकार, नागरिक समाज तथा सरोकारवाला सबैले पनि भूमिका खेल्नुपर्ने बेला आएको छ,’ उनले भने ।

संघीयता मनैदेखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नुको विकल्प नभएको तर्क समेत गरे ।

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्