Logo
६ आश्विन २०८१, आईतबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको राष्ट्रवादी एजेन्डालाई साथ दिने बादलको घोषणा

गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी एजेन्डालाई साथ दिन उनीसँगै रहेको बताएका छन्।

उनले अहिले राजनीतिक उथलपुथल हुन लागेको बताउँदै यस्तो अवस्थामा आफूहरु बाढीको रुपमा देशभर पुग्नुपर्ने बताए।

‘पछिल्लो राजनीतिक घट्नाक्रम एउटा आँधीबेहरीको रुपमा आएको छ,’ थापाले भने, ‘यसमा प्रतिक्रान्ति हुनसक्ने संभावना रहेको हुँदा हामी पनि तुफान र बाढीको रुपमा प्रतिक्रान्तिलाई रोक्नुपर्छ त्यसकै लागि हामी नयाँ जनादेशमा जान लागेका हौं।’

उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई पार्टी विभाजन रोक्न अनुनय विनय गर्दा पनि उनीहरुले नमानेको दाबी गरे।

उनले सरकारको राष्ट्रवादी एजेन्डालाई साथ दिनुपर्ने जिकिर गरे।

‘सरकारको भूमि फिर्ता ल्याउने अभियानमा सबैले नेतृत्वलाई साथ दिनुपर्छ,’ उनले भने।

Bidh Lab
त्यसैगरी उनले स्थायी सरकार र स्थिरताको पक्षमा सबै रहनुपर्ने बेला आएको पनि बताए।

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्