Logo
६ आश्विन २०८१, आईतबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले केन्द्रीय कमिटी बैठकलाई भने– बादल कमरेडलाई हामीले गुमायौं !

बिभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बादललाई आफूतिर ल्याउन नसकेको बताएका छन् । तरपनि उनीसँँग रहेका २३ जना नेता फिर्ता आएको बताएका छन् ।

बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बादलसँग नजिक रहेर काम गरिरहेका नेताहरु आफूतिर आएको र यो संख्या बढ्दै जाने बताए ।

प्रचण्डले भने– वामदेव र बादल आउने आशा गरेको थिएँ तर उहाँहरु यहाँ आउनुभएको छैन। वामदेव सकारात्मक हुनुहुन्छ। तर, बादललाई हामीले ल्याउँन सकेनौँ ।

२३ जना कमरेड फिर्ता आउनुभएको छ। बदल कमरेडसँग नजिक रहेर काम गरिरहनुभएका केही कमरेड यहाँ आउनुभएको छ। आउने दिनमा यो सँख्या बाँढ्दै जनेछ। तुवाँलो हट्दै जानेछ।

प्रचण्डले अ‍ोली नेतृत्वको पार्टी आधिकारिक नभएर गुटमात्र भएको बताए ।

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्