Logo
६ आश्विन २०८१, आईतबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २९० को हस्ताक्षर

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले आफ्नो पक्षमा रहेको पार्टीका २८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेको छ।

हिजो मंगलबार बबरमहल कार्की ब्यांक्वेटमा केन्द्रीय समितिको बैठक राखेको सो पक्षले आफूहरुसँग ३१५ को साथ रहेको जनाएको थियो।

आज बुधबार निर्वाचन आयोगमा पेस गरेको विवरणमा २८७ जना सशरिर उपस्थित भई हस्ताक्षर गरेको र तीन जना उपस्थित हुन संभव नभई समर्थनका लागि पठाएको चिठी समावेश गरिएको छ।

‘२९० जनाको हस्ताक्षर आज आयोगमा बुझायौं, तीन जना उपस्थित हुन संभव नभएर उहाँहरुको चिठी नै आयोगमा बुझाएका छौं,’ नेकपाका नेता राजेन्द्र पाण्डेले भने।

बुधबार सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान र श्रीराम ढकाल आवश्यक कागजपत्रसहित आयोग पुगेका थिए।

राजेन्द्र पाण्डेका अनुसार उनीहरुको दर्ता नम्बर ५५५ हो।

‘आयोगका अधिकारीहरुले कागजात अध्ययन गरेर फेरि बोलाउँछौं भन्नुभएको छ,’ उनले भने।

उनका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए। पछि चार जनालाई मनोनित गरी थपिएको थियो।

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्