Logo
३० कार्तिक २०८१, शुक्रबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्यो

  प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।

यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्