Logo
६ आश्विन २०८१, आईतबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केके भयो ?

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएकाे छ ।

मंगलबार पार्टी कार्यालस सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओेलीकाे संसद विघटनकाे कदमविरुद्ध आन्दाेलनका जानुपर्नेमा जाेड दिएका थिए । वरिष्ठ नेता पाैडेलले ओेलीकाे असंवैधानिक कदमसँग कुनै तहकाे सम्झौता गर्न नहुनेमा जाेड दिए ।

अन्य नेताहरुले भने चाैतर्फी घेराबन्दी हुँदा ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए । काँग्रेसले अर्काे बैठक बुधबार दिउँसो १ बजेलाई बाेलाएकाे छ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्