Logo
६ आश्विन २०८१, आईतबार
(December 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल पक्षको निर्णय

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो । भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसद्हरु उपस्थित थिए ।

भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।

भेलाले प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकाल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ ।

भेलाले नेपालको संविधान बमोजिम प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: Dec 21, 2020

प्रतिक्रिया दिनुहोस्