राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री फेरी पुगे शीतलनिवासमा
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास नै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन्।
संवैधानिक निकायसम्बन्धी अध्यादेश फिर्ता लिने अपेक्षा गरिएका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग कस्तो सरसल्लाह गर्ने हुन् भन्ने स्पष्ट भइसकेको छैन।