Logo
६ आश्विन २०८१, आईतबार
(December 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरोपपत्र फिर्ता लिन ओलीले राखेको प्रस्ताव प्रचण्डद्वारा अस्विकार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच खुमलटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ‘आरोप पत्र’ फिर्ता लिन राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्विकार गरेका छन्।

तर आफ्नै निवासमा भएको भेटमा प्रचण्डले यसबारे “स्थायी कमिटिमा बसेर छलफल गरौँ” भन्ने जवाफ फर्काएको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी गराए।

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए। पछिल्लो समय उत्कर्षमा रहेको पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेयता पहिलोपटक ओली बालुवाटार बाहिर भेटघाटका लागि निस्केका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले कार्तिक २८ र मसिर १३ गतेका दुई ‘आरोप पत्र’ फिर्ता लिन प्रचण्डलाई प्रस्ताव राखेका थिए। जसमा प्रचण्डले सहमति नजनाएको सापकोटाले बताए। “ती प्रस्ताव कमिटिगत छलफलमा नलान प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको थियो, तर कार्यकारी अध्यक्षले स्थायी कमिटिबाट त्यसबारे निर्णय गरिनुपर्ने धारणा राख्नुभयो,” सापकोटाले भने।

तर ओलीले भने आन्तरिक सहमतिमा ती ‘आरोप पत्र’ फिर्ता लिएर साझा धारणासहित बैठकमा जाने कुरामा जोड गरेको सापकोटाको भनाइ थियो।

यता प्रधानमन्त्री ओलीले पनि आफू निकट नेता तथा मन्त्रीहरुसँगको ब्रिफिङमा “कार्यकारी अध्यक्ष प्रचण्डसँग कुरा नमिलेको” बताएको बालुवाटारनिकट एक नेताले बताएका छन्।

प्रकाशित मिति: Dec 19, 2020

प्रतिक्रिया दिनुहोस्