Logo
६ आश्विन २०८१, आईतबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमति लत्याउँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्‍ बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५:३० बजे संवैधानिक परिषद बैठक बोलाएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ‌ओलीले परिषदसम्बन्धी राष्ट्रपतिबाट जारी अध्यादेश फिर्ता नभएकै अवस्थामा बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिषद बैठक बोलाएको जानकारी पठाइसकेका छन्।

मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो।

त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

बेलुका बसेको परिषद बैठकमा भने कांग्रेस सभापति शेरबाहदुर देउवा उपस्थित भएनन्।

अध्यादेश जारी गरे बैठकमा उपस्थित नहुने उनले बताएका थिए। पछि संसदमा ८३ जना सांसदहरू संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउन शितल निवास पुगेका थिए।

तर, स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने सहमति भएसँगै शितल निवासमा पुगेका सांसदहरू फर्किएका थिए।

alfa care
अध्यादेश फिर्ता नलिई प्रधानमन्त्री ओलीले किन परिषद बैठक बोलाए भन्ने खुलेको छैन।

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्