Logo
६ आश्विन २०८१, आईतबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेशपछि नेकपामा हंगामा : संसदको विशेष अधिवेशन माग्दै नेताहरु शीतलनिवासमा

संवैधानिक परिषद् सम्बन्धि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै अध्यादेश ल्याएपछि नेकपा भित्रै हंगामा मच्चिएको छ ।

संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका थिए ।

तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् । उनको मोवाइल पनि स्वीच अफ रहेको छ ।

आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

यसैबीच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ ।

नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेका छन् ।

उनले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पुर्‍याइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

जवाफमा प्रचण्डले पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुस् भनेका छन् । स्रोतका अनुसार फोनमै दुई नेताबीच केहीबेर भनाभन भएको थियो ।

त्यसपछि अहिले दुई नेता छलफलमा जुटेका छन् ।

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्