Logo
६ आश्विन २०८१, आईतबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूविरुद्ध लागेको भन्दै ओलीद्वारा देव गुरुङसँग संसदीय मुख्य सचेतक पदबाट राजीनामा माग

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङ पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग राजीनामा गर्न निर्देशन दिएका छन्।

तर आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफका साथ गुरुङले प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेको बुझिएको छ।

दुई दिन अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुरुङलाई राजीनामा दिन निर्देशन दिएका थिए। पार्टीले दिएको दायित्व पार्टीले मात्र लिन सक्छ भन्ने गुरुङको जवाफमा प्रधानमन्त्री ओलीले आफू स्वयं पार्टीको नेतृत्व रहेको र गुरुङलाई त्यो हैसियत आफूले प्रदान गरेको सुनाएको स्रोतले बतायो।

गुरुङले पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नगएकाले राजीनामाको माग असान्दर्भिक भएको उत्तर दिएका थिए।

प्रधानमन्त्रीसँग भएको वार्ता र आफूलाई दिएको तर्कबारे गुरुङले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य केही सहकर्मीहरुलाई जानकारी दिएको पनि स्रोतले बतायो।

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्