Logo
६ आश्विन २०८१, आईतबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन्।

‘नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि गणपूरक संख्या नपुगेपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो। परिषद्‍मा अध्यक्ष (प्रधानमन्त्री) र अन्य ४ जना सदस्य पुग्नेपर्ने व्यवस्था छ। उपसभामुख नभएको अवस्थामा सभामुख पनि नगएपछि गणपूरक संख्या नपुगेको हो। परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुने र सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ।

परिषद् बैठक स्थगित भएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। सोही बैठकले परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारीका लागि सिफारिस गरेको अनुमान गरिएको छ। जारी भएको नयाँ अध्यादेश राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन आउने छ।

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्