Logo
६ आश्विन २०८१, आईतबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका प्रभावशाली नेताहरु देश दौडाहामा

सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन भन्दै नेपाली कांग्रेसले सोमवार देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रदर्शनमा सहभागी हुन अधिकांश नेताहरू खटाएको जिल्लामा पुगेका छन् । देशका प्रमुख शहरमा हुने प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

भोलि सोमवारको प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं र उपसभापति विमलेन्द्र निधि भक्तपुरको सभामा सहभागी हुनेछन् । महामन्त्री डा. शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर र अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर ७७ वटै जिल्लामा समन्वय गर्नेछन् ।

नेता अर्जुननंसिह केसी पोखरा, प्रकाशमान सिंह जनकपुर, रामशरण महत चितवन र गुरुराज घिमिरे खोटाङको कार्यक्रममा सहभागी हुनेछन् । प्रदर्शनको पूर्व सन्ध्यामा कांग्रेस सभापति देउवाले एक अपील प्रकाशित गरी सामाजिक दूरी कायम गरेर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ अपीलमा देउवाले भनेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकार प्रतिको वितृष्णा मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’

पुल उद्घाटनका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले मंसिर २९ गतेका लागि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्