Logo
६ आश्विन २०८१, आईतबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डद्वारा नारायणकाजीको बचाउ, अनावश्यक विवादमा मुछिएको दावी

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउ गरेका छन् । एउटा हाइड्रोपावरको आर्थिक कारोबारको विषयमा जोडिएपछि आलोचना खेपिरहेका श्रेष्ठको पक्षमा दाहाल देखिएका हुन् । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग भएको कुराकानीको अडियो तथा भिडियो सार्वजनिक भएपछि श्रेष्ठ विवादमा तानिएका थिए ।

दाहालले आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । उनले लामा र हाइड्रोपावरका सम्बन्धित व्यक्तिलाई सँगै राखेर उनीहरूबीच रहेको लेनदेन विवादमा मिल्नुस् भन्नेबाहेक अरु कुनै पनि कुरा नगरेकाले भ्रममा नपर्न पनि दाहालले आग्रह गरेको बैठकपछि श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्