Logo
६ आश्विन २०८१, आईतबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएपछि उखु किसान प्रदर्शनमा

चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएकाे भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्याैता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरू ‘श्रम, पसिनाकाे मूल्य पाउँ’, ‘किसानहरू मार्न पाइँदैन’ लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बाेकेर प्रदर्शनमा उपस्थित थिए ।

रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरुले अझै उखुको पैसा पाएका छैनन् ।

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्