Logo
९ मंसिर २०८१, आईतबार
(December 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

बाग्मती प्रदेश स्थित चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको बोलेरो सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भइ बोलेरोमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहाडी क्षेत्रबाट राजमार्ग आउने क्रममा जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । बोलेरोमा करिब १५ देखि २० जनासम्म रहेको बताइएको छ।

घाइतेमध्ये ११ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीनजनाको अवस्था गम्भीर रहेको चितवन मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले बताए । मृतकको परिचय खुलेको छैन । घटनाको बाँकी विवरण आउन बाँकी छ।

प्रकाशित मिति: Dec 11, 2020

प्रतिक्रिया दिनुहोस्