Logo
६ आश्विन २०८१, आईतबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री ओलीलाई भेटे

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् ।

उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको बताए ।

भारतीय विदेश सचिव नेपालको भ्रमण सम्पन्न गरेर फर्केको दुई हप्ता बित्न नपाउँदै उनी नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा नेपाल आएको बुझिएको छ ।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्