आफ्नो कार्यकालको सय दिनमा १० करोड कोरोना खोप उपलब्ध गराउने बाइडेनको घोषणा
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा १० करोड कोरोना खोप उपलब्ध गराउने बाइडेनको घोषणा गरेका छन् ।
बाइडेनले आफ्नो कार्यकालको सय दिनमा कोरोना विरुद्धको १० करोड खोप उपलब्ध गराउने योजना अघि सारेका हुन् । डेलावेयरमा पत्रकार सम्मेलनमा क्रममा बाइडेनले क्यालिफोर्नियाको महान्यायाधीवक्ता जेभियर बेसेरालाई स्वास्थ्य सचिव र रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखमा रोशेल वालेन्स्कीलाई नियुक्त गर्दै उक्त धारणा व्यक्त गरे ।
बाइडेनले आफ्नो कार्यकालमा कोभिड-१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको जनाउँदै राष्ट्रपति बाइडेनले सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गरेका छन् ।
उनले खोप तयार पार्ने फाइजर र बायोन्टेकलाई स्वीकृति प्रदान गर्न मार्ग प्रशस्त गर्ने पनि जानकारी दिए ।आफ्नो सय दिने कार्यकालमा कोभिड नियन्त्रणमा नआउने बताउँदै यसको नियन्त्रणका लागि ठोस उपायहरु अवलम्बन गरिने वचन दिए ।
यसका लागि अमेरिकी काँग्रेसले साथ दिनुपर्ने उनको धारणा छ ।