Logo
६ आश्विन २०८१, आईतबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथाको नयाँ उचाइ सार्वजनिक : ८६ सेन्टिमिटरले बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक भएको छ ।

यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट मापन गरेर सार्वजनिक गरिएको हो ।

प्राविधिक टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ रहेको तथ्य पत्ता लगाएको हो । मंगलवार नापी विभागमाआयोजित कार्यक्रममा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

वि.सं. २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरू भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्