Logo
६ आश्विन २०८१, आईतबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबारमार्ग सामूहिक बलात्कार : मुख्य अभियुक्तलाई पाँच वर्ष कैदको फैसला

दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद र सात लाख क्षतिपुर्तिको फैसला सदर गरेको छ। काठमाडौं जिल्ला अदालतले २०७६ कात्तिक २७ गते गरेको फैसला सदर हुने निर्णय सोमबार गरेको हो।

उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलाशले जिल्ला अदालतको फैसला मिलेको देखिएकाले सदर गर्ने फैसला सुनाएको हो। २०७५ सालमा दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेललेले १८ वर्षे एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए र पछि मेलमिलापबाट घटना मिलाउने खोजेको अवस्थामा घटना सार्वजनिक भएको थियो।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

घटनामा संलग्न अन्य तीन जना अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै उच्चले जिल्लाकै फैसला सदर गरेको हो।

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्