Logo
१ मंसिर २०८१, शनिबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्धारा सार्वजनिक परराष्ट्र नीतिमा के-के छ ?

सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन्। संविधान जारी भई नयाँ सरकार बनेको सन्दर्भमा मुलुक स्थिरतातर्फ गइरहेको विषयलाई समेट्ने गरी परराष्ट्र नीति ल्याएको मन्त्री ज्ञवालीको भनाइ छ ।

उनले भने, ‘हामीले प्राप्त गरेको स्थिरतालाई सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परराष्ट्र नीतिमा राख्नुपर्ने भएकाले राज्यको परराष्ट्र नीति तय गर्नुपर्ने भयो ।’ परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको ज्ञवाली प्रष्ट गरे ।

ज्ञवालीका अनुसार, ‘जलवायु परिवर्तनबाट फाइदा हासिल गर्ने, कोरोना महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग कसरी ल्याउने भन्ने कूटनीतिक चुनौती छन् ।’

शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको जिकीर गर्दै मन्त्री ज्ञवालीले सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राम्रो भएको पनि दाबी गरे। मन्त्री ज्ञवालीले यस्तो दाबी गररहँदा दुई दशकदेखि शान्ति प्रक्रियाको मुख्य अंश पीडितलाई न्याय र परिपूरणको काम हुनै सकेको छैन भने मूलतः भारतसँगको सम्बन्धमा उत्तारचढाव देखिएको छ ।

सार्वजनिक नीतिमा नेपाली भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने, सीमाको सुरक्षा तथा व्यवस्थापन गरिनेलगायतका विषय समेटिएको छ ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्दन र प्रवर्द्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ।

छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ।

यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ।

(हेर्नुहोस् पूर्ण पाठसहित)

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्