बाँकेमा उपचारत दाङका दुई जना कोरोना संक्रमितको मृत्यु
लुम्बिनी प्रदेश स्थित बाँकेमा उपचाररत दाङका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
तुलसीपुरका ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।त्यस्तै अर्का तुलसीपुरकै ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे उपचारक्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
उनी कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएको थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको बताएको छ ।