Logo
६ आश्विन २०८१, आईतबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानी नगरेपछि सरकारले चासो देखायो

कोरोना बीमा दाबी भुक्तानीमा गुनासो बढ्दै गएपछि सरकारले यसबारे चासो देखाएको छ ।

बिहीवार अर्थमन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम प्रकृया तथा कागजात पूरा भएका दावीहरूको भुक्तानी तीन दिनभित्र गर्न निर्देशन दिएको छ ।

सरकारले कोरोना बीमाको दावी भुक्तानी ३ दिनभित्र गर्न बीमा समितिलाई निर्देशन दिएको हो ।

मन्त्रालयले भेरिफिकेशन गर्न बाँकी दावीको भेरिफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि समितिलाई निर्देशन दिएको छ ।

यस्तै कोरोना बीमा दावी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरूमा कति संख्यामा दावी परेको विवरण पेन्डिङ रहेको छ ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भइरहेको छ ? र मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरू केके हुन् ? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनका लागि पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्