Logo
६ आश्विन २०८१, आईतबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ ।

२४ घण्टाको अवधीमा १ हजार ३४३ कोरोना संक्रमित थपिएका छन् । बिहीबार ९ हजार २८९ जनाको पीसीआर परिक्षण गरिएको थियाे ।

कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार १११ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २७२ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ पुगेको छ ।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्