Logo
६ आश्विन २०८१, आईतबार
(November 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक : ओलीको राजनैतिक प्रस्ताव वितरण, १६ गते विस्तृतमा छलफल हुने

निकै चासोपूर्वक हेरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

अध्यक्ष ओलीको प्रस्तावमा के छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्ताव हेर्न पाएका छैनौँ, खाममा प्राप्त छ।’

प्रकाशित मिति: Nov 28, 2020

प्रतिक्रिया दिनुहोस्