Logo
२३ भाद्र २०८१, आईतबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा दर्ता रहेका १ सय ३६ वटा उद्योग खारेज

प्रदेश नं २ स्थित सप्तरीमा दर्ता रहेका १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योगमध्ये आर्थिक वर्ष २०७६/०७७ मा १ सय ३६ वटा उद्योग खारेजीमा परेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय अधिकृत सन्तोष कुमार साहले मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, वैदेशिक रोजगारीमा हिँडेको, उद्योग दर्ता गरी लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका उद्योग खारेजीमा परेकोजानकारी दिए ।

उनले कोरोना महामारीपछि कामका लागि भारत गएकाहरु फर्किएका र कतिपयले देशमै काम गुमाएकाले सप्तरीमा बेरोजगारी समस्या बढेको बताए ।

साहले अघिल्लो आर्थिक वर्ष उद्योग नवीकरण, लगत कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क बापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुपैयाँ राजश्व संकलन गरिएको साहले बताए ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्