नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा
लुम्बिनी प्रदेश स्थित बुटवलमा नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले कालो झण्डा देखाइएका छन् ।
नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।
नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही-२) को सैनामैना मा।बि रानिबगिया र पर्रोहा मा।बि। मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।
पौडेललाई बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेताले बताए ।
प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।
नेता पौडेललाई गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि लाग्दै आएको छ ।