Logo
६ आश्विन २०८१, आईतबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सरकारी कर्मचारीले अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षा पढाउन नपाउने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीलाई अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षामा पढाउन रोक लगाएको छ ।

निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले आयोग वा अन्य निकायबाट हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा बिना अनुमति पढाउन मन्त्रालयले रोक लगाएको हो ।

मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिअनुसार राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले मन्त्रालयको स्वीकृति नलिइ पढाउन पाउने छैनन् ।
यसअघि कुनै मन्त्रालय वा निकायबाट उल्लिखित प्रयोजनका लागि कुनै कर्मचारीलाई स्वीकृति दिइएको भएमा ती सबै आजकै मितिदेखि निष्क्रिय हुने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

स्वीकृति बिना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भएको पाइए कारबाही प्रक्रिया अघि बढाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्