Logo
६ आश्विन २०८१, आईतबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन सरकारलाई सबैभन्दा बढि कर बुझाउने करदाताहरु

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७६/०७७ मा धेरै कर तिर्ने करदतालाई सम्मान गरेको छ।

विभागले विभिन्न क्षेत्रमा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो। मंसिर १ गते कर दिवस मनाएर करदातालाई सम्मान गर्ने प्रचलन रहेकोमा यसपटक तिहारको बिदा परेकाले आइतबार सम्मान गरिएको हो।

विभागका अनुसार व्यक्तिगत आयकरतर्फ विजयबहादुर शाह सम्मानित भएका छन्। लामो समयसम्म सिद्धार्थ राणाले यो सम्मान पाउँदै आएकोमा यसपटक शाले राणालाई उछिनेका हुन्। जाउलाखेल, हिमालयनलगायतका डिस्टिलरीका सञ्चालक उनी गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा परेका हुन्।

विभागका अनुसार सबैभन्दा धेरै कर तिर्ने करदाताको सम्मान सूर्य नेपालले पाएको छ। निर्यातकर्तामध्ये सबैभन्दा धेरै आयकर डाबर नेपालले तिरेको छ। यस्तै सबैभन्दा धेरै आयकर तिर्ने विशेष उद्योगमा हिमाल वापर लिमिटेड परेको छ।

कृषि एवं पशुपंक्षीजन्य उद्योगतर्फको सम्मान अन्नपूर्ण एग्रो इन्डस्ट्रिजले पाएको छ। सहकारी र लघुवित्ततर्फ छिमेक लघुवित्तले सम्मान पाएको छ। बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर नबिल बैंकले तिरेको छ। यो बैंकलाई कर दिवसमा सम्मान गरिएको छ।

यस्तै बीमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले यो सम्मान पाएको छ। रेमिट्यान्सतर्फ आइएमई लिमिटेडले धेरै कर तिरेर सम्मान पाएको छ। शिक्षा सेवातर्फ मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपालले यो सम्मान पाएको छ। व्यापारतर्फ अग्नि इन्कर्पोरेटेडले यो सम्मान पाएको छ।

पर्यटन व्यवसायमा सबैभन्दा धेरै आयकर तिर्ने करदातामा तारागाउँ रिजेन्सी होटल परेको छ। मध्यमस्तरीय करदाता कार्यालयको क्षेत्राधीकारभित्रबाट कामना सेवा विकास बैंकले धेरै कर तिरेर सम्मान पाएको छ। आन्तरिक राजस्व कार्यालयको क्षेत्राधीकारभित्रबाट सबैभन्दा धेरै आयकर तिर्नेमा भिएफ सर्भिसेज सम्मानित भएको छ।

मूल्य अभिवृद्धि करतर्फ उत्कृष्ट कर सहभागिता भएको करदातामध्येबाट घोराही सिमेन्ट इन्डस्ट्रिजले यो सम्मान पाएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै भ्याट यही कम्पनीले तिरेको थियो।

क्र.सं. क्षेत्र स्था.ले.नं. करदाताहरुको नाम
आ.व. २०७५।०७६ मा सबैभन्दा बढी कर तिर्ने करदाता 300020018 सूर्य नेपाल प्रा.लि.
निर्यातकर्ताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 300020375 डाबरनेपाल (प्रा.) लि.
सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योग 500054372 हिमालपावर लिमिटेड
कृषि एवं पशुपंछीजन्य उद्योग मध्ये सबैभन्दा बढी आयकर तिर्नेकरदाता 302462397 अन्नपूर्णएग्रो इण्डष्ट्रिज प्रा.लि
सहकारी तथा लघु वित्त मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 300283349 छिमेकलघुवित्त वित्तीय संस्था लिमिटेड
बैंक वित्तीय संथा मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 500184567 नविलबैंक लि.
वीमा व्यवसाय मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 602432159 नेपालपुनर्बीमा कम्पनी लिमिटेड
शिक्षा सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 300449161 मनिपालएजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्राइभेट लिमिटेड
बिप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 300726149 आईएमईलिमिटेड
१० व्यापार व्यवसाय मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 300045572 अग्नीइन्कर्पोरेटेड प्रा.लि.
११ पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 300052637 तारागाउरिजेन्सी होटल्स लिमिटेड
१२ मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 302645891 कामनासेवा विकास वैक लिमिटेड
१३ आ.रा.का.हरुको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्नेकरदाता 302589069 भि.एफ.सर्भिसेज (मोरिसस) प्रा.लि.
१४ व्यक्तिगत आयकर तिर्नेहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता 103703806 विजयकुमार शाह
१५ मूल्य अभिबृद्धि कर तर्फ उत्कृष्ट कर सहभागिता भएको करदाता मध्ये (मूल्य अभिबृद्धि कर तर्फ २०६५।४।१ देखि २०७७ असारमसान्तसम्म समयमै कर विवरण रकर बुझाएका करदाता तथा आ.व.२०७६।०७७ मा सबैभन्दा बढी मू.अ.कर तिर्ने करदाता) 302697863 घोराही सिमेन्ट इण्डष्ट्रि प्रा.लि.

 

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्