Logo
६ आश्विन २०८१, आईतबार
(November 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड पक्षसँग सचिवालय बैठकमा भिड्न ओली पक्षिय नेता छलफलमा जुटे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद कसरी सुल्झाउने भन्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मासहित उनीपक्षीय नेताहरु सघन छलफलमा जुटेका छन् ।

बालुवाटारमा भइरहेको छलफलमा ओलीसहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।

भोलिका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले जसरी पनि टार्ने तयारीमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु बैठक बस्ने दाबी गर्दै आएका छन् । प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

बालुवाटारमा भइरहेको छलफलमा प्रचण्डले बैठक सार्न नमानेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

प्रकाशित मिति: Nov 17, 2020

प्रतिक्रिया दिनुहोस्