Logo
१३ मंसिर २०८१, बिहीबार
(November 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरमा कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख नाघ्यो

विश्वभरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको छ । बितेको २४ घन्टामा पाँच लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको हो ।

पछिल्लो तथ्यांक अनुसार १३ लाख ३२ हजार ३ सयको मृत्यु भएको छ । विश्वभर ३ करोड ८४ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।

विश्वभरमा  एक करोड ५५ लाख सक्रिय संक्रमित छन् ।सबैभन्दा बढी अमेरिकामा एक करोड १५ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ८८ लाख ७४ हजार संक्रमितमध्ये एक लाख ३० हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५८ लाख ७६ हजार संक्रमितमध्ये एक लाख ६६ हजारको मृत्यु भएको छ ।

यूरोपमा कोरोना भाइरसको महामारी बढेको छ । यो जाडो मौसमा यूरोपमा कोरोनाको कहर डरलाग्दो हुने संकेत देखिएको छ ।

फ्रान्समा १९ लाख ९१ हजार संक्रमित संख्यामध्ये ४५ हजारको मृत्यु भइसकेको छ ।बेलायतमा १३ लाख ९० कोरोना संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ ।

इटालीमा १२ लाख संक्रमितमध्ये ४५ हजारको मृत्यु भएको छ ।रुसमा १९ लाख ४८ हजार संक्रमितमध्ये ३३ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख २१ हजार संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् ।

 

प्रकाशित मिति: Nov 17, 2020

प्रतिक्रिया दिनुहोस्