ट्रम्पले राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध पारेर राखे थप सङ्क्रमितकाे ज्यान जान सक्ने बाइडेनको चेतावनी
ट्रम्पले सहकार्य नगरे थप सङ्क्रमितको ज्यान जाने जो बाइडेनले चेतावनी दिएका छन् ।
डोनाल्ड ट्रम्पले यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध पारेर राखे ‘थप मानिसहरुको ज्यान जान सक्ने’ जो बाइडेनले चेतावनी दिएका हुन्।
डेलावेरमा बोल्दै राष्ट्रपतीय चुनाव जितेका बाइडेनले कोरोना महामारीको सामना गर्न सहकार्यको आवश्यकता थियो भनेका छन् ।
बाइडेनले फेरि एक पटक ट्रम्पलाई चुनावको नतिजा स्वीकार्न आग्रह गर्दै प्रक्रिया रोकेर राख्नु लज्जाको विषय भएको बताएका छन् ।
राष्ट्रपतीय चुनावपछि सङ्क्रमणकालीन कार्यहरु गर्ने सरकारी निकाय जनरल सर्भिस एडमिनिस्ट्रेशन (जीएसए) ले अहिलेसम्म जो बाइडेन र उनकी चुनावी सहकर्मी कमला ह्यारिसलाई विजेताका रुपमा स्वीकार गरिसकेको छैन
अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले पनि सामाजिक सञ्जालमा ‘यो खेल होइन’ भनेर लेखेकी छिन् ।राष्ट्रपतीय चुनाव जित्न दुई सय ७० इलेक्टोरल मत चाहिने भए पनि बाइडेनले तीन सय ६ मत पाएका छन् ।
तर पनि रिपब्लिकन पार्टीका ट्रम्पले सोमबार बिहान ‘मैले चुनाव जिँते’ भन्दै ट्वीट गरेका थिए ।ट्रम्प अभियानले गएको ३ नोभेम्बरमा भएको मतदानका क्रममा मतगणनाको लागि कानुनी चुनौती थपिदिएको थियो ।
।