Logo
१३ मंसिर २०८१, बिहीबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोमानियाको एक अस्पतालमा आगलागी हुँदा १० कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसका बिरामी उपचार गराइरहेको उत्तर पूर्बी रोमानियाको पिआट्रा निम्ट सरकारी अस्पतालको सघन उपचार कक्षमा आगलागी हुदाँ दश जनाको मृत्यु भएको छ ।

आगलागी सुरु भएको कक्षमा भर्ना भएका आठ जना बिरामीको जलेर घटनास्थलमै मृत्यु भएको र दुईजना अर्को कोठाका बिरामीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा अन्य थुप्रै ब्यक्ति घाइते भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उत्तर पूर्बी रोमानियाको पिआट्रा निम्ट सरकारी अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो ।

आगलागी अस्पतालको दोस्रो तल्लामा भएको हो ।शर्ट सर्किट भएर आगलागी भएको रोमानियाका स्वास्थ्य मन्त्री नेलु टटारुले बताएका छन् ।

उनले अस्पतालमा उपचारार्थ कोभिडका बिरामीहरुलाई लसि शहरस्थित सामुदायिक अस्पतालमा स्थानान्तरण गरिएको जानकारी दिए ।

त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आगलागीमा गम्भीर घाइते एक चिकित्सकलाई उद्धार गरी सैन्य हेलिकप्टरको सहयोगमा राजधानी बुकारेष्टस्थित अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्