Logo
६ आश्विन २०८१, आईतबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री युवराज खतिवडा सहित तीन जनाको नाम राजदूतमा अनुमोदित

सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो।

समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन भएको जानकारी दिए।

समितिमा खतिवडा र रेग्मीविरूद्ध उजुरी परेको थियो। तर उजुरीकर्ताहरू समितिको सम्पर्कमा आएनन्। उजुरीकर्ता नआएपछि समितिले सुनुवाइ अगाडि बढाएको थियो।

प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता र क्षमता समितिमा प्रस्तुत गरका थिए। सुनुवाइका क्रममा पूर्वअर्थमन्त्री खतिवडाले एमसिसी परिमार्जनका लागि सहजीकरण गर्ने बताएका छन्।

राजदूतमा सिफारिस हुनु ठिकअघि उनी प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए। अमेरिकाको राजदूतको पोर्टफोलियो मन्त्री सरहको हुनेछ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि अब सम्बन्धित मुलुकमा एग्रिमोको प्रक्रिया अगाडि बढ्नेछ। एग्रिमो आए उनीहरूलाई राष्ट्रपतिले राजदूत पदको सपथ गराउनेछिन्।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्