Logo
६ आश्विन २०८१, आईतबार
(November 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर २५७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५७१ संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ७९८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५९ हजार ७२४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म देशभर ९६७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

प्रकाशित मिति: Nov 9, 2020

प्रतिक्रिया दिनुहोस्