बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
लुम्बिनी प्रदेश स्थित रुपन्देही जिल्लाको बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका-१७ का ४५ वर्षीय पुरुषको बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता जानकारी दिएका छन् ।
उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका अस्पतालले जानकारी दिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका लुम्बिनी प्रदेशमा अनुसार मृतक कोरोना संक्रमितको संख्या १९८ र रुपन्देहीमा ८४ पुगेको छ ।