खोकीले सतायो ? चिन्ता नलिनुस्, अब घरेलु उपायबाटै हुनेछ, निदान !
जाडो मौसममा धेरैलाइ खाेकी लाग्ने समस्याले सताउछ । खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ ।
खोकी लागेको केही दिनमा निको नभए चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्नुपर्छ तर सामान्य खोकी लागेको समयमा घरमै सावधानी अपनाउदा पनि खोकीबाट बच्न सकिन्छ ।
खोकी लाग्दा के खानु हुँदैन ?
कफी तथा चियाः खोकी लाग्दा कफी र दुधको चिया खानु हुदैन । यसले घाटीलाई सुख्खा बनाउने र केही चिज निल्दा समेत गाहे हुन्छ ।
जंक फुडः यस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउनुका साथैैै शरिरको रक्षात्मक कार्यलाई घटाउछ । तसर्थ पास्ता, चिप्स, प्याक गरिएका स्नयाक्स लगायतका खाने कुरा नखानु राम्रो हुन्छ ।
तारेको खानेकुराः खोकी लाग्दा तारिएका खानेकुराबाट टाढै रहनुहोस । तारिएका खानेकुरा तेलीय हुनाले झन् खोकी लाग्ने गर्छ । तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रीय पार्छ ।
चिसो पदार्थः आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ ।
मदिराः मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।
खोकी लागेमा के खाने ?
नुनपानी: मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ । नुनपानी पीउदा पनि खोकीको समस्याबाट राहात पाइन्छ ।
मह खाने: सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खादा सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।
अदुवा हालेको चिया खाने: सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खादा फाइदा हुन्छ ।
मनतातो पानी: चिसोका कारण खोकी लाग्ने समस्या देखिएको छ भने चिसो पानी खानु हुँदैन । मनतातो पानी खानाले चिसोबाट लाग्ने खोकीबाट आराम पाइन्छ ।