Logo
६ आश्विन २०८१, आईतबार
(November 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुखुसी चल्न खोज्दै प्रदेश २ का ३२ स्थानीय तहहरु

प्रदेश नम्बर २ का ३२ ओटा स्थानीय तहहरु आफूखुसी चल्न खोजेका छन ।

ती स्थानीय तहहरु संविधानमा भएको व्यवस्थालाई नै कुल्चलै आघि बढ्न खोजेका हुन ।

स्थानीय तहको बजेट गाउँसभा तथा नगरसभामा आषाढ १० गते भित्र पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि १३६ स्थानीय तह रहेको प्रदेश नम्बर २ स्थीत सप्तरीका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका,महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका, कल्याणपुर नगरपालिकालगायत गरी ३२ स्थानीय तहले बजेट नै पेश गरेका छैनन् । तर उनीहरुले खर्च भने गर्न छाडेका छैनन् ।

संघीय मामिला मन्त्रालयका अनुसार जनप्रतिनिधीहरु बिच आपसि कलहका कारण धेरैजसो स्थानीय तहको बजेट आउन नसक्नुको मुख्य कारण हो ।

प्रदेश २ बाहेक अन्यमा १ नम्बर र बाग्मतीमा २ ओटा र सुदुरपश्चिम प्रदेशका एक ओटा स्थानीय तहको बजेट अहिलेसम्म आएको छैन । संघीय मामिला मन्त्रालयका अनुसार ७५३ मध्ये ७१६ स्थानीय तहले बजेट पेश गरेको विवरण मन्त्रालयलाई जानकारी गराएका छन् ।

समयमै बजेट नल्याउने ती स्थानीय तहको संघीय सरकारबाट जाने बजेट अनुदान कटौती गर्न थालिएको छ । त्यसका निम्ति संघीय सरकारले आन्तरीक रुपमा तयारी तिव्र बनाएको छ ।

त्यसो त गत वर्ष पनि स्थानीय तहले यस्तै खालको मनोमानी गरेका थिए । जसकारण संघीय सरकार अन्तर्गत रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गतवर्ष समयमै बजेट नल्याएका दुई दर्जन बढि स्थानीय तहको यसवर्ष ५ प्रतिशतले अनुदान नै कटौती गर्न बाध्य बनेको थियो ।

कार्यसम्पादनमा आधारित सुचांकलाई आधार मानेर आगामी बर्षबाट १० देखि १५ प्रतिशतसम्म अनुदान कटौती हुने आयोगका अधिकारीहरु बताउछन् ।

प्रकाशित मिति: Nov 7, 2020

प्रतिक्रिया दिनुहोस्