Logo
७ आश्विन २०८१, सोमबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पताल इमर्जेन्सी विभागका १६ जना चिकित्सकहरुले दिए सामूहिक राजीनामा

वीर अस्पताल इमर्जेन्सी विभाग मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीमा आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरुको विभिन्न समस्याहरुको माग निरन्तर गर्दा पनि पूरा नभएको भन्दै राजीनामा दिएका हुन् ।

“समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दसैंतिरहा भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” १६ जना चिकित्सकहरुले सामूहिक राजीनामा पत्रमा भनेका छन्, “उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।”

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्